Logo

सेन्चुरी कमर्सियल बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढ्यो



काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सेन्चुरी कमर्सियल बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।

यसअवधिमा खुद नाफा १८३.५९ प्रतिशतले बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी बढेकाले र खराब कर्जा घटेकाले खुद नाफा बढेको हो ।

साथै, बैंकको इम्पेरिमेन्ट चार्ज रिभर्स भएकाले पनि खुद नाफामा आकर्षक वृद्धि भएको हो । सञ्चालन नाफा २१२.७६ प्रतिशतले र खुद ब्याज आम्दानी ११.६६ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot