Logo

दिल्लीमा मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना, विद्यालय खुल्ला रहने



एजेन्सी, ७ बैशाख । दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। दिल्ली आपत व्यवस्थापन प्राधिकरणले बुधबारको बैठकमा यो निर्णय गरेको हो ।

बैठकले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ  B. 1.10, B.1.12  भेरियन्टको प्रारम्भिक संकेतपछि यो निर्णय गरिएको हो।

विश्वसँगै भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य विभागका अनुसार मंगलबार दिल्लीमा ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तर बृद्धिदर भने घटेको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाबाट एकजनाको पनि मृत्यु भएको भने छैन । नयाँ संक्रमितको संख्या १९ सय नाघेको छ।



प्रतिक्रिया दिनुहोस्