Logo

शाहिद र पंकज कपूरको जोडी ’जर्सी’मा देखिदै, यी हुन् बलिउडमा बाबु–छोराको हिट जोडी



एजेन्सी, ७ बैशाख । बलिउड अभिनेता शाहिद कपुरको फिल्म जर्सी २२ अप्रिलमा रिलिज हुँदैछ । यस फिल्ममा सुपरस्टार बाबु छोराको जोडीले धमाकेदार अभिनय गर्ने भएको छ । यस फिल्ममा शाहिद कपूर क्रिकेटरको भूमिकामा छन् भने उनका बुबा पंकज कपुर फिल्ममा शाहिदको प्रशिक्षक बनेका छन् । आज हामी बाबु–छोराको जोडीको बारेमा चर्चा गर्नेछौ ।

१ पृथ्वीराज कपूर–राज कपूरः फिल्म ‘कल आज और कल’ ले पर्दामा खास केही देखाउन सकेन तर १९७१ मा बनेको यो फिल्ममा कपूर परिवारका तीन पुस्तालाई देखाइएको थियो । यस फिल्ममा पृथ्वीराज कपूर, उनका छोरा राज कपूर र राज कपूरका छोरा रणधीर कपूर सँगै देखा परेका थिए। यस फिल्ममा रणधीरकी पत्नी बबिता पनि थिइन् ।

२. ऋषि कपूर– रणवीर कपूरः रणवीर कपूर अभिनव कश्यपको फिल्म ‘बेशरम’ मा बुवा ऋषि कपूरसँग देखिएका थिए । यस फिल्ममा ऋषिले इन्स्पेक्टर चुलबुल चौटालाको भूमिका निर्वाह गरेका थिए । उनकी पत्नी नीतु कपूरले हेड कन्स्टेबल बुलबुल चौटालाको भूमिका निभाएकी छिन् । यस बाहेक ऋषि कपुरले रणवीरको फिल्म ‘लक बाइ चान्स’ मा पनि अतिथि भूमिका खेलेका थिए ।

३. अमिताभ बच्चन– अभिषेक बच्चनः अमिताभका छोरा अभिषेक बच्चनले बाबुजत्तिकै फिल्ममा सफलता हासिल गर्न सकेनन् तर बाबु–छोराको जोडीले सँगै काम गरेका हरेक फिल्म हिट भएका छन् । अमिताभ बच्चन र अभिषेक बच्चन ‘बंटी और बबली’, ‘पा’, ‘सरकार’ जस्ता फिल्ममा सँगै देखिएका छन् ।

४. धर्मेन्द्र देओल–सनी देओल–बबी देओलः धर्मेन्द्र, सन्नी र बबी देओल बक्सिङ ड्रामा फिल्म ‘अपने’ मा सँगै देखिएका थिए । तीनै जना ‘यमला पगला दिवाना’ मा पनि सँगै देखिएका छन् ।

५. सञ्जय दत्त–सुनील दत्तः सुनिल दत्त र सञ्जय दत्त फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ मा सँगै देखिएका थिए । यस फिल्ममा सुनिल सञ्जय दत्तका बुवाको भूमिकामा देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्