Logo

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो



काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४.१३ प्रतिशत ले बढेको छ ।

बैंकको विवरण अनुसार ४.१३ प्रतिशतले बढेको नाफा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा भने ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । साथै, वितरणयोग्य नाफा चैत मसान्तसम्म १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म आइपुग्ग्दा ग्लोबलको खुद ब्याज आम्दानी भने ८.२९ प्रतिशत र सञ्चालन नाफा २.७३ प्रतिशत ले बढेको छ । यसको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ०.२४ प्रतिशत र १३.८० प्रतिशत ले बढेको छ । खुद नाफामा सामान्य सुधार भएपनि चुक्ता पुँजी १० प्रतिशत ले बढेका कारण प्रतिसेयर आम्दानी दबाबमा परेको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले घटेर अहिले २० रुपैयाँ ८८ पैसामा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot