Logo

गठबन्धन बैठक : नेपालगञ्ज उपमहानगर कांग्रेसले पाउने



काठमाडौं,७ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको सत्ता गठबन्धनको बैठकले आज यस्तो निर्णय गरेको हो ।

नेपालगञ्जको मेयरको विवाद मिल्न नसेकपछि शीर्ष नेताहरुको छलफल लम्बिएको थियो । नेपालगञ्ज कांग्रेसले पाएसँगै ६ वटा महानगर र ११ वटा उपमहानगरमा सत्ता गठबन्धनको भागवण्डा टुंगिएको छ ।

योसँगै आगामी स्थानीय तहको निर्वाचनमा ७ वटा उपमहानगर कांग्रेसले पाउने भएको छ । काठमाडौं, ललितपुर र विराटनगर महानगर कांग्रेसको भागमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot