Logo

तालिवानलाई छात्राको विद्यालय खोल्न दबाब



एजेन्सी, ८ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि ६ कक्षाभन्दा माथि छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ । विद्यालय जानबाट वञ्चित गरिएका छात्राहरु विचलित हुन थालेका छन् ।

मुस्लिम अतिवादी तालिवानले महिलाहरुलाई विद्यालय जानबाट रोकेको भन्दै विरोध भइरहेको छ । काबुलमा महिला अधिकारकर्मीहरुले तालिवानमाथि दबाब बढाएका छन् । उनीहरुले तत्काल छात्रा विद्यालय सञ्चालनमा ल्याउन माग गरेका छन् ।

जुन्बिस खोडजोस जनान अफगानिस्तानले छात्राका लागि विद्यालय खोल्न दबाबमूलक अभियान नै चलाएको रिपोर्ट छ । यसअघि तालिवानले महिलालाई शिक्षाबाट वञ्चित नगर्ने प्रतिवद्धता जनाएको थियो । तर, सत्ता हातमा लिएपछि उसले प्रतिवद्धता बिर्सिएको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिलालाई शिक्षाबाट वञ्चित गरेको भन्दै गम्भीर ध्यानाकर्षण पनि जनाइसकेको छ । विश्व समुदायले पनि तालिवानको कदमको आलोचना गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot