Logo

तंबाकूको विज्ञापनका लागि अक्षयले मागे माफी



एजेन्सी, ८ बैशाख । बलिउड सुपरस्टारहरु अक्षय कुमार, अजय देवगन र शाहरुख खानसँगको पान मसाला ब्राण्डको विज्ञापनका कारण धेरै ट्रोल भएका छन् । अक्षयले सामाजिक सञ्जाल पोस्टमार्फत यो विज्ञापनका लागि माफी मागेका छन् । बलिउड सुपरस्टारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा माफी मागेका हुन् ।

अक्षय कुमारले माफीमा लेखेका छन्, ‘म मेरा सबै फ्यान र शुभचिन्तकहरूसँग माफी माग्न चाहन्छु । पछिल्ला दिनहरूमा तपाईंको प्रतिक्रियाले मलाई स्तब्ध बनायो। म तंबाकू समर्थन गर्दिन। विमल इलायचीसँगको मेरो सम्बन्धमा तपाईले सबैले आफ्नो भावना व्यक्त गर्नुभएको तरिकालाई म सम्मान गर्दछु।’

अक्षय कुमारले थप लेखेका छन्,‘म पूर्ण नम्रताका साथ यसबाट पछि हट्छु । मैले यो विज्ञापनबाट प्राप्त सबै पैसा कुनै राम्रो काममा प्रयोग गर्ने निर्णय गरेको छु। कानुनी कारणले गर्दा यो विज्ञापन तोकिएको समयसम्म प्रसारण गर्ने सम्झौता भएको छ । यद्यपि, म अगाडि बढ्ने प्रतिज्ञा गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot