Logo

भारतमा एकैदिन २३ सय कोरोना संक्रमित थपिए



एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै यस अवधिमा ५६ जना बिरामीको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा १ हजार २ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लगातार दोस्रो दिन पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । यसअघि हिजो अर्थात बुधबार २ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच, मार्च १७ पछि सबैभन्दा धेरै कोरोना केस आएका छन् । गत मार्च १७ मा देशमा २५२८ जनामा कोरोना संक्रमण देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot