Logo

कांग्रेस बाग्मती प्रदेश कार्यालयमा गठबन्धनका नेताहरुको बैठक, नगरपालिका र गाउँपालिकामा सिट बाँडफाँड टुँग्गो लाग्दै



काठमाडौं, ८ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु संयुक्त उम्मेद्धवार चयनमा व्यस्त भएका छन् ।

हिजो बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुँगो लगाएको छ ।

यो सँगै अब प्रदेशस्तरीय रुपमा नेताहरु नगरपालिका र गाउँपालिकाको भागबण्डा मिलाउन छलफलमा जुटेका छन् ।

आज (बिहीबार) कांग्रेस बाग्मती प्रदेश कार्यालयमा नगरपालिका र गाउँपालिकामा सिटको भागबण्डा मिलाउन नेताहरु छलफलमा जुटेका छन् ।

कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा (एकीकृत समाजवादी) का नेता तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलगायत नेताहरु छलफलमा जुटेका छन् ।

कुन नगरपालिकामाकसलाई नेतृत्व दिने भन्ने विषयमा करिब करिब टुँगो लागेको छ ।



प्रतिक्रिया दिनुहोस्