Logo

सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै



काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलहरुले संयुक्त रुपमा सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।

संयुक्त चुनावी सभा आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशको राजधानीमा हुनेछ । सातै प्रदेशमा पाँचदलिय गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्