Logo

भारतमा संक्रमित बढेपछि सिमानामा उच्च सर्तकता अपनाउन निर्देशन



काठमाडौं, ८ बैशाख । नेपाल सरकारले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि छिमेकी मुलुकहरुसँग जोडिएका सिमा नाकामा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।

भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्ला केहि दिनमा कोरोना बढ्दो क्रममा रहेको संक्रमितको संख्यालाई मध्य नजर गर्दै जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न र गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

साथै सरकारले कोराना विरुद्धको खोपको पुर्णमात्रा लगाउन, खोप लगाउन प्रेरित गर्न पनि सबै नागरिकहरुमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot