Logo

विप्लवले क्रान्ति गर्छु भनेर क्रान्तिकारीहरुलाई बहकाए : तिमिल्सिना



काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय दस्य रामप्रसाद तिमिल्सिनाले नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्ति गर्छु भनेर क्रान्तिकारीहरुलाई बहकाएको आरोप लगाएका छन् । उनले माओवाद िविभाजनले परिवर्तनको आन्दोलनलाई कमजोर बनाएको पनि टिप्पणी गरेका छन् ।

धनगढीमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माओवादी बिभाजनले परिवर्तनको आन्दोलनलाई कम्जोर बनायो। विप्लवले क्रान्ति गर्छु भनेर क्रान्तिकारीहरुलाई वहकाए। जनक्रान्तिको नाममा केही साथीहरू सहिद भए। आजको माओवादी आन्दोलनको समिक्षा र शिक्षा सहित यसको रक्षा र विकासका लागि अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा नयाँ क्रान्तिकारी ध्रुवीकरण आवस्यक छ भन्ने निष्कर्ष सहित हामी दर्जनौं केन्द्रीय सदस्यह सहितका नेताकार्यकर्ता विप्लव नेकपा परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot