Logo

सम्पुर्ण स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौं, ८ बैशाख । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

आयोगले काठमाडौं महानगरमा राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ । प्रत्येक स्थानीय तहमा भएका निर्वाचन अधिकृतको कार्यालयमा १० जना कर्मचारी रहने र आचारसंहिता पालना भए नभएको समेत अनुगमन गर्नेछ ।

चुनाव आगामी बैशाख ३० गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्