नेप्सेमा आज झिनो अंकको बृद्धि


काठमाडौं, ८ बैशाख । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा आज झिनो अंकको सुधार भएको छ । बिहीबार नेप्से परिसुचक ४ दशमलव ९४ अंकले बढेर २३ सय २५ दशमलव ४५ विन्दुमा पुगेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ६ अंकले बढेर ४४३ दशमलव १४ विन्दु कायम भएको हो ।

बिहीबार नेप्सेमा २३१ कम्पनीको १ अर्ब ६२ करोड ९१ लाख ८८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिद विक्रि भएको हो ।