Logo

एकीकृत समाजवादीबाट कृष्णपुर मेयरमा युवा नेता बम सिफारिस



कञ्चनपुर, ८ बैशाख । आगामी स्थानीय चुनावको लागि कृष्णपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)बाट युवा नेता सुरेन्द्र बम सिफारिस भएका छन् । पार्टीको नगरकमिटिको बैठकले युवा नेता बमलाई मेयरको लागि सिफारिस गरेको हो ।

समाजवादी सुदुरपश्चिम प्रदेशका सदस्य समेत रहेका कञ्चनपुरका युवा नेता बमसहित दुईजना मेयरमा र पाँचजना उपमेयरमा पार्टीले सिफारिस गरेको छ । मेयरका लागि बमसहित जगदिश भट्ट, उपमेयरमा कमला थापा, कुवेर सिंह, मञ्जु नेपाली, राधा चौधरी र जयन्ती केसी सिफारिस भएका छन् ।



प्रतिक्रिया दिनुहोस्