सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामाः चिनियाँ राजदूत


काठमाडौं, बैशाख ९। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताएकी छन् । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो पोखेकी हुन्

उनले ठूला आयोजना बनाउन लामो समयसम्म तयारी गर्नुपर्ने र त्यसै गरी उक्त आयोजना सम्पन्न हुन पनि लामै समय लाग्ने जिकिर गर्दै त्यस बीचमा सरकार परिवर्तनसँगै हुने लगानी नीति परिवर्तनले चिनियाँ लगानीकर्ता मारमा परेको गुनासो गरिन ।

उनले प्रस्ट रूपमा कुनै परियोजनाको नाम नलिए तापनि ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिइसकेको बुढीगण्डकी परियोजना वर्तमान सरकारले दुई साताअघि आफैं बनाउने निर्णय गरेकोप्रति लक्षित थियो ।

उनले भनिन्–‘लोकतान्त्रिक मुलुकमा सरकार परिवर्तन भइरहनु नौलो कुरा होइन । यो यहाँको आन्तरिक मामिला हो । तर, सरकार फेरिएसँगै नीति परिवर्तन हुँदा विदेशी लगानीकर्तालाई सकस हुन्छ । त्यसैले लगानीसम्बन्धी नीतिगत विषयले जुनसुकै सरकारको पालामा पनि निरन्तरता पाउनुपर्छ ।’

त्यतिमात्रै होइन, राजदूत हाउले नेपालमा काम गरिरहेको चिनियाँ कम्पनीहरू समयमै भुक्तानी नपाउँदा ठूलाठूला परियोजनाहरूको कार्य सम्पादनमा प्रत्यक्ष असर परिरहेको पनि बताइन्। नेपाल समाचारपत्र दैनिकबाट

Skip This

Omoda E5 Pro