Logo

राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जादै



बैशाख, बैसाख ९ । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने कार्यक्रम रहेको छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन्। नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।

सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालका अनुसार राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएका छन् । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्