Logo

जसपा केन्द्रीय सदस्य सहित तिन नेता माओवादी केन्द्रमा प्रवेश



काठमाडौं, ९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अब्दुर रहिम मिक्रानी सहितका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा जसपा केन्द्रीय सदस्य मिक्रानी सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । मिक्रानीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

मिक्रानीसँगै जसपाका नेताहरू बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्