Logo

स्थानीय तहमा युवालाई प्राथमिकता दिन एमालेलाई अनेरास्ववियुको आग्रह



काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)को विध्यार्थी संगठन अनेरास्ववियुका प्रतिनिधिहरुले स्थानीय तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

अनेरास्ववियुका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

युवा प्रतिनिधित्व विषयमा विशेष प्राथमिकता राखेर स्थानिय तह निर्वाचन मा उम्मेदवार बनाउने निर्णय गर्नका लागि अध्यक्ष ओलीसँग अनुरोध गरेको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले जनाइन् । तस्विरः सुनिता बराल



प्रतिक्रिया दिनुहोस्