Logo

मेयरको उम्मेदवार हुन नपाएपछि जनकपुर कांग्रेस सभापतिद्धारा पार्टी परित्याग



काठमाडौं, ९ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापति मनोज साहले कांग्रेस छाडेको घोषणा गरेका छन् ।

गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति साहलगायतले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनी उपसभापति विमलेन्द्र निधि समुहबाट मेयरका आकांक्षी थिए । कांग्रेसबाट राजीनामा दिएर आज नै उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्