रहिनन् सासंद तथा पूर्वमन्त्री डिम्पल झा


काठमाडौं, बैशाख ११ । लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल कुमारी झाको निधन भएको छ।

लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नी झा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। ४३ वर्षीया झाको आज बिहान काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।

२०७५ सालमा मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी उनलाई जसपामा विवाद चुलिँदा एक वर्ष अघि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। झा को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रौतहटको मसहरी लैजाने तयारी भईरहेको छ । उनका एक छोरा छन्।

Skip This

Omoda E5 Pro