Logo

काँडाघारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु



काठमाडौं, ११ बैशाख । काठमाडौंमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल काँडाघारीमा बिहान ५ बजे दुर्घटना हुँदा कमल आले र गोपाल आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा ओखलढुंगाको सुनकोशी गाउँपालिकाका २ युवाहरुको मृत्यु भएको हो ।  उनीहरु दुवैको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot