प्रि–ओपनमा बढ्यो नेप्से


काठमाडौं, ११ वैशाख ११ । साताको कारोबारको पहिलो दिन प्रि– ओपन सेसनमा नेप्से परिसूचक ६ दशमलव शून्य ६ अंक बेढेको छ ।

उक्त अवधिमा नेप्से परिसूचक बढेर २ हजार ३३१ दशमलव ५१ अंकमा पुगेको छ । प्रि– ओपन सेसनमा १२ ओटा धितोपत्रकोे ८ लाख ५४ हजार ५८९ रुपैयाँ बराबरको २ हजार ५३० कित्ता शेयर खरिदविक्री भएको छ ।

जसमध्ये नौ ओटा धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य घटेको छ। बाँकी दुई ओटा धितोपत्रको शेयरमूल्य स्थिर रहेको छ।