Logo

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा



काठमाडौं, ११ बैशाख । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए ।

राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot