Logo

जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई



काठमाडौं, ११ वैशाख । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै लगातार दशौँ सिजन उपाधि उचालेको हो ।

बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १० औं सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ ।

घरेलु मैदानमा भएको खेलमा १५औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ५२औं मिनेटमा इम्री क्यानले गोल गर्दै डर्टमण्डलाई २–१ को अवस्थामा ल्याए ।

साथै, खेलको ८३औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्