Logo

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता



धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा पनि राज्यको स्राेत साधनको दुरुपयोग गर्दै बाँडिचुँडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए । आफूले जितेमा धनगढीलाई मोडेल सहरका रूपमा चिनाएर देखाउने उनले बताए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवसायी हमालले धनगढीको मेयरमा साझा पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनी नृपबहादुर वडसँग २७ सय मतअन्तरले पराजित बनेका थिए । हमालसँगै विभिन्न वडाबाट पनि वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गाराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot