Logo

एमालेबाट पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग



पोखरा, ११ वैशाख। नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ ।

उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ ।

त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ ।

अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो ।

उनकाे सामाजिक सन्जालमा भिडियाेसहित आलाेचना भइरहेकाे छ ।

यसबारेमा बुझ्न खाेज्दा पाैडेल सम्पर्कमा आएनन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot