Logo

स्थानीय निर्वाचन : पहिलो दिन ललितपुरमा उम्मेदवारी दर्ता न्यून



ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा उम्मेदवारी दिने संख्या ३ जना छ ।

ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार मेयर पदमा उम्मेदवारी दिनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर महर्जन, आमुल परिवर्तन मसिहा पार्टीका सपना मर्हजन,राप्रपाका अष्ट बहादुर महर्जन, विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ,नेकपा मालेबाट माहेहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन रहेक छन् ।

महानगरमा स्वतन्त्र रुपले मेयरमा उम्मेदवारी दिनेमा सरिना लाखे श्रेष्ठ छिन् । महानगरमा उपमेयरमा स्वर्णिमा शाक्य राप्रपाबाट, नमिता श्रेष्ठ नेमकिपाबाट र रत्न व्यञ्जनकारले स्वतन्त्र छन् ।

माहालक्ष्मी नगरपालिकामा १ जना स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् । महालक्ष्मी नगरपालिकाकी निर्वाचन अधिकृत सारदा फुयालका अनुसार उद्धव केसीको स्वतन्त्र तर्फबाट मेयरमा यहाँ उम्मेदवारी परेको हो ।

गोदावरी नगरकी निर्वाचित अभिकृत श्रद्धा रिजालका अनुसार यस नगरमा ३४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा ५ जनाले उम्मेदवारी दिएका छन् भने उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । यस नगरपालिकामा परेको उम्मेदवारीको पद नछुट्याइएको निर्वाचन अधिकृत रिजालले बताइन् ।

कोञ्ज्योसोम गाँउपालिकामा राप्रपाबाट मान बहादुर तामाङले अध्यक्ष पदमा उम्मेदवारी दिए भने अन्य पदहरुमा ८ जनाको उम्मेदवारी
परेको निर्वाचन अधिकृत देविकुमारी चौधरीले बताइन् ।

महाँकाल गाँउपालिकामा कसैको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृत सुशीला ज्ञावालीले बताइन् । उनले भनिन्, ‘धेरै आकाक्षीहरुले मनोनयन पत्र लिएर जानु भएको छ । दर्ता भने कसैले पनि गर्नु भएन ।’

वागमती गाँउपालिकामा ३ जनाको मात्रै उम्मेदवारी परेको छ । पालिकाका निर्वाचन अधिकृत नागेन्द्र किशोरी पोखरेलका अनुसार मंगोल नेश्नल अर्गानाइजेशन पार्टीबाट १ जना वडाध्यक्ष एक जना महिला र १ जना खुला सदस्यमा उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot