भ्रष्टाचारको आरोपमा १११ जनाविरुद्ध मुद्दा


काठमाडौं, वैशाख १२। भ्रष्टाचार गरेको अभियोगमा १११ जनाविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।

आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जनाउपर गैरकानूनी लाभ तथा हानि पुर्‍याएर भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जनाउपर गैरकानूनी लाभ तथा हानि पुर्‍याएर भ्रष्टाचार गरेको ठहर आयोगको छ।

यसैगरी, तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत ६४ जनाउपर गैरकानूनी लाभ तथा हानि पुर्‍याएर भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको छ। गोरखापत्र दैनिकबाट

Skip This

Omoda E5 Pro