Logo

भ्यू टावर नबनाउने पर्यटनमन्त्री श्रेष्ठकै लाइनमा उभियो कांग्रेस



काठमाडौं, १२ बैशाख । भ्यू टावर नबनाउने बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठकै लाइनमा नेपाली कांग्रेस उभिएको छ ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषणा पत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यू टावर र स्वागतद्वार अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं भन्ने प्रतिज्ञा गरेको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भ्यू टावर, स्विमिङ पुल जस्ता संरचना बनाउन बजेट विनियोजन नगर्ने घोषणा गरेका थिए । उनले भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको निष्कर्ष निकालेका थिए । साथै आगामी दिनमा भ्यू टावर र स्विमिङ पुलका नयाँ योजना बजेटमा समावेश नगरिने पनि मन्त्री श्रेष्ठको घोषणा छ । मन्त्री श्रेष्ठकै प्रतिज्ञा अनुसार कांग्रेसले आफ्नो घोषणा पत्रमा भ्यू टावर र स्वागतद्वारमा राजस्वलाई लगानी नगर्ने प्रतिज्ञा गरेको छ ।

बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले भ्यू टावर र स्विमिङ पुलमा अनियमितता भएको विषयमा छानबिन गर्ने उद्‌घोष गरेलगत्तै उनले प्रतिनिधत्व गर्ने पार्टीले पनि घोषणा पत्रमा राजस्व दुरुपयोग भएको प्रस्ट पारेको छ ।

पर्यटनमन्त्री बनेपछि भ्यू टावरको निरीक्षणमा पुगेका श्रेष्ठले भ्यू टावरमा बजेट दुरूपयोग भएको र आगामी बजेटमा भ्यू टावर समावेश नगर्ने घोषणा गरेका थिए । कांग्रेसले पनि उनकै लाइनमा उभिएर भ्यू टावर बनाउने प्रतिज्ञा गरेको हो ।



प्रतिक्रिया दिनुहोस्