Logo

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसियो



काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ ।

सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा महानगरको मेयरमा विजयी भएका थिए ।

पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेका थिए । यसअघि पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलले गहना पसलमा कोटमा गहना चोरेर राखेको भनिएको भिडियो बाहिरिएको थियो । उनले उक्त भिडियो आफ्नो नभएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot