धनगढी, १२ बैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा २ भागमा बाँडिएको नेपाली काँग्रेसको एक पक्षले नेपाली काँग्रेसबाट विभाजित भएको पार्टी नेपाली काँग्रेस (वी पी) मा प्रवेश गरि नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।
पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस (वी पी) मा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो।
आइतबार स्वाउबारी भ्यू टावरमा भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको छ। जसअनुसार जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा काँग्रेस (वी पी) बाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएको छन्। परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा वी पी काँग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ।
यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने निर्णय भएको छ। भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष वी पी काँग्रेसलाई दिइने भएको छ। नेपाली काँग्रेस (वी पी) को चुनाव चिन्ह करुवा रहेकोे छ ।




प्रतिक्रिया