Logo

माओवादी केन्द्रले घोषणापत्र जारी नगर्ने, घोषणापत्र तयार गर्ने अधिकार स्थानीय तहलाई



काठमाडौं, १२ बैशाख । आगामी बैशाख ३० गते हुने चुनावको लागि धेरै राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भने घोषणापत्र सार्वजनिक नगर्ने भएको छ ।

माओवादी केन्द्रले भने स्थानीय तह आफै घोषणापत्र बनाउने र केन्द्रबाट जारी नगर्ने बताएको छ। गत चैत्र २२ गते अपिल सार्वजनिक गरेको अपिललाई आधार बनाएर स्थानीय तहले घोषणापत्र बनाउने भएका छन् । स्थानीय स्तरबाटै घोषणापत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिएको हो ।

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम, एक टोल एक उत्पादन लगायतका विषय समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot