Logo

मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट



काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् ।

मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् ।

मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot