दाङ, १२ बैशाख । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा आज गठबन्धनबाट हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट उनले आज मनोनयन दर्ता गराएका हुन् ।
माओवादी केन्द्रका नेता शर्माले मेयरमा र उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउन पुगेका थिए ।




प्रतिक्रिया