Logo

कार्यकर्ताको विरोधपछि गोरखा कांग्रेस मेयरका उम्मेदवार परिर्वतन



काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेपछि उम्मेदवार परिवर्तन गरिएको छ ।

सोमबार बिहान मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका थिए । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । उनी संस्थापनइतर समुहका हुन् । कार्यसमिति अगाडी बसेर कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रेका थिए ।

कार्यकर्ताहरुले चर्को विरोधपछि केन्द्रले आधिकारिक मेयरको उम्मेदवार राजनराज पन्त भएको पत्र पठाएको छ। उपमेयरमा भने मसलीमाया थोकरलाई कांग्रेसले टिकट दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot