Logo

गर्भनर अधिकारीको रिटमा आज दुईपक्षबीच छलफल हुँदै



काठमाडौं, १३ बैशाख । गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतमा छलफलको लागि आज दुई पक्षलाई बोलाइएको छ ।

सरकारले आफुलाई निलम्बन गरेको भन्दै अधिकारीले गत बैशाख ५ गते दायर गरेको रिटमा आज सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको हो ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले बैशाख १३ गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो । न्यायाधीश फुयाँलले अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय लिन दुवै पक्षलाई आज बोलाएका हुन् ।

दुईपक्ष बीच भएको छलफलपछि अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा आजै निर्णय हुनेछ ।



प्रतिक्रिया दिनुहोस्