Logo

स्थानीय निर्वाचनका लागि १ लाख ४१ हजारको मनोनयन दर्ता



काठमाडौं, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४१ हजार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार १ लाख ४१ हजार मनोनयन दर्ता भएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३१८, नगरप्रमुखमा २ हजार ३६ जनाको मनोनयन दर्ता भएको छ।

७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्