Logo

‘पीके’लाई पछि पार्दै केजीएफ–२ बन्यो सबैभन्दा धेरै कमाउने छैठौ फिल्म, ११ दिनमा ८८३ करोड कलेक्सन



एजेन्सी, १३ बैशाख । साउथका सुपरस्टार यशको फिल्म केजीएफ–२ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । अहिले यो फिल्मले ११ दिनमा विश्वभर ८८० करोडभन्दा बढीको व्यापार गरेको छ । योसँगै केजीएफ–२ ले पनि आमिर खानको ’पीके’ लाई पछि पार्दै छैटौं सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ।

यति मात्र होइन, फिल्मको हिन्दी संस्करणले ११ दिनमा ३२० करोडभन्दा बढी कमाई गरेर धेरै कीर्तिमान पनि बनाएको छ । ट्रेड एनालिस्टले फिल्म छिट्टै १००० करोड क्लबमा प्रवेश गर्ने अपेक्षा गरेका छन् ।

मनोबाला विजयबलनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै भनेका छन् कि १०० करोडको बजेटमा बनेको केजीएफ–२ ले दोस्रो हप्ताको चौथो दिन अर्थात् ११ औं दिन (आइतबार) ६४ करोड ८३ लाखको वर्ल्ड वाइड ग्रस बक्स अफिस कलेक्सन गरेको छ । )। यसअघि फिल्मले दोस्रो हप्ताको तेस्रो दिन (शनिबार) ४२ करोड १५ लाख, दोस्रो दिन (शुक्रबार) २६ करोड ९ लाख र पहिलो दिन (बिहीबार) ३० करोड १८ लाख कमाएको थियो । योसँगै फिल्मले पहिलो हप्तामा ७२० करोड ३१ लाखको व्यापार गरेको थियो ।

यस अनुसार, फिल्मले ११ दिनमा हालसम्म कूल वर्ल्डवाइड ग्रस बक्स अफिस कलेक्सन ८८३ करोड ५६ लाख रुपैयाँ गरेको छ । योसँगै यो फिल्म आमिर खानको फिल्म ‘पीके’ लाई पछाडी पार्दै ११ दिनमा सर्वाधिक कमाई गर्ने भारतीय फिल्मको सूचीमा छैठौं बनेको छ ।



प्रतिक्रिया दिनुहोस्