Logo

ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार तिनैजनाको मृत्यु



जनकपुर, १३ वैशाख । धनुषामा ट्रकमा मोटरसाइकलमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो । मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका.४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्