Logo

विद्युत महशुल नतिरेपछि तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाईन काटियो



काठमाडौं, १३ वैशाख । विद्युत महशुल भुक्तानी गरेपछि तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाईन काटिएको छ ।

चार महिनाकोे बक्यौता नतिरेकाले लाइन काट्न बाध्य भएको विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

कार्यालयको डेढ लाख तिर्नबाँकी रहेको छ भने सडक बत्तिको ८० लाख बक्यौता बाँकी रहेको छ ।

सडक बत्ति र कार्यालयको बक्यौता नबुझाएकाले मंगलबारबाट विद्युत काटिएको हो ।

पटकपटक विद्युत महशुल बुझाउन पत्र पठाएपनि कुनै प्रतिक्रिया नआएपछि लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाएको छ ।

कार्यालयको विद्युत काटिँदा उपमहानगरपालिकाले जेनेरेटर चलाएर काम चलिरहेको छ ।

संघीय सरकार र स्थानीय तहबीच कुरा नमिल्दा सडकको महशुलमा कसले बुझाँउने भन्नेबारे अन्योलता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्