Logo

रबि लामिछानेको आह्वान– कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरौं



काठमाडौं, १३ वैशाख । चर्चित प्रस्तोता रबि लामिछानेले काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिएर कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’



प्रतिक्रिया दिनुहोस्