Logo

रुसद्वारा पोल्यान्ड र बल्गेरिया जाने ग्याँस पाइपलाइन बन्द



एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा पाइपलाइनबाट आपूर्ति गर्दै आएको ग्याँस बन्द गरेको छ । आजबाट रुसले ग्याँस बन्द गरेको हो ।

रुसले ग्याँस पाइपलाइन बन्द गरेसँगै पोल्यान्ड र बल्गेरियामा समस्या आइसकेको छ । त्यहाँ ग्याँस सिलिन्डरहरुको प्रयोग हुन थालेको छ ।

पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार गरेपछि बन्द गरेको हो । बल्गेरियामा ९० प्रतिशत ग्याँस रुसबाट आपूर्ति हुँदै आएको छ । बाँकी ग्याँस अजरबैजानबाट आपूर्ती हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot