Logo

मर्जरमा जाने सहमति गरेका हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का



काठमाडौं, १४ बैशाख । मर्जरमा जाने सहमति गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । दुई बैकले मर्जर तोडेको आरोप लगाउँदै कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

दुईबैंकबीच मर्जरमा जाने सहमति भएपनि अगाडी बढ्न नसकेपछि राष्ट्रबैंकले आधारभुत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

गत वर्षको बैशाखमा मर्जरमा जाने सहमति गरेका दुई बैंक एक वर्ष पुग्दापनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही अघि बढाएको हो । साथै राष्ट्र बैंकले पुनः अर्को संस्थासँग मर्जरमा जान समेत निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot