काठमाडौं, १४ बैशाख । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज दुई सचिवालय सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको छ । सचिवालय सदस्यहरु धमेन्द्र बास्तोला‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पार्टी निर्णय विपरित गतिविधि गरेकोले कारबारी गरेको पार्टीका महासचिव विप्लवले जनाएका छन् ।
एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र पार्टी नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चार माध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवाउता दिने, कार्य नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मुल्यमान्यता भत्काउने कार्य गरेको आरोप विप्लवले लगाएका छन् ।
महासचिव विप्लवले आफ्ना विमती पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरिएपनि उनीहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवं अराजक दिने कार्य जारी राखेको समेत उनले बताएका छन् । पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवारी एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भिर बन्न पुगेको समेत उल्लेख गरेका छन् ।




प्रतिक्रिया