Logo

सुन पसल फुटाएर ३ करोड बराबरको गहना चोरी



बुटवल, १४ बैशाख । बुटवलमा ३ करोड बराबरको सुनका गहना चोरी भएको छ । बीपीचोक नजिकै कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सुनका तयारी गहना र काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो ।  चोरी भएको पसलसँगै कपडा पसल गर्दै आएका भारतीय नागरिकले सटर र लकर काटेर चोरी गरेको सीसीटिभि फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

फुटेजमा मंगलबार बिहान ६ बजे उनीहरु चोरी गरेर पसलबाट निस्केको देखिएको छ । चोरी गरे लगत्तै चोरहरु सीमा पारी गरेको मोबाइल लोकेसनबाट खुलेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot