Logo

कांग्रेसका ३१ हजार उम्मेदवारले गरे मनोनयन दर्ता, अन्य दलको कति ?



काठमाडौं, १४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दिएका छन् । वडा, नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडा सदस्यमा कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगको अनुसार नेकपा एमालेका ३३ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्रका १२ हजार, स्वतन्त्र उम्मेदवार १२ हजार, एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसको तर्फबाट ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी परेको छ ।

देशभर वडाअध्यक्षमा ३४ हजार ९ सय ४२, महिला सदस्यमा २६ हजार ६१, दलित महिला सदस्यमा २३ हजार ४ सय ६५ र सदस्यमा ५४ हजार ६४० जनाको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot