Logo

गायक प्रमोद खरेल सवारी दुर्घटनामा घाइते



काठमाडौं, १५ बैशाख । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार गए राति तुलसीपुरमा दुर्घटनामा परेको हो । गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्ज अवतरण गरेका थिए ।

कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो । कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा पुर्याएपछि करीब १ घण्टापछि होस आएको बताइएको छ ।

सबै कार्यक्रम स्थगित गरेर उनी अस्पतालबाट सिधै काठमाडौं फर्केका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot