Logo

कर्ण मल्लद्वारा सांसद पदबाट राजीनामा घोषणा



काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका प्रदेश सांसद कर्ण मल्लले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आज डडेलधुरामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।

मल्लले आफू साधारण सदस्य नरहने गरी काँग्रेसबाट निष्काशित भएकाले पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने,‘साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिदैन ।’

मल्ललाई बुधबार काँग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय भएको थियो । उनी लामो समय सभापति शेरबहादुर देउवाको विश्वासपात्रका रुपमा काम गरेका थिए । केही वर्षयता सम्बन्ध बिग्रिएको थियो ।

मल्लले आफू निकटस्थलाई नेकपा एमालेसँग तालमेल गराएर चुनावमा उठाएका छन् । यो कदमपछि डडेलधुराको राजनीतिमा तरङ्ग आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्