काठमाडौं, १५ वैशाख । निर्वाचन आयोगले ३० वैशाखमा सरकारलाई बिदाको प्रस्ताव गरेको छ । आज आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले चुनावका बेलामा बिदा गर्ने प्रचलन नै रहेकोले प्रस्ताव पठाइसकिएको बताए ।
उनले भने,‘निर्वाचनका दिन विगतमा जस्तै सार्वजनिक बिदा दिने प्रचलन नै छ । बिदाको प्रस्ताव गर्ने निर्णय गरिसकेका छौं ।’
आयोगले सामाजिक सञ्जाललाई व्यक्तिगत मिडियाका रुपमा लिएको र साइबर कानून आकर्षित हुनसक्ने पनि बताए । निर्वाचन आचारसहिता उल्लंघनसम्बन्धी विषय गम्भीर भएको बताए ।-Photo: Mukunda Kalikote




प्रतिक्रिया